भूरुङ तातोपानी बजारको सुरक्षाका लागि सिसि क्यामेरा जडान
प्रकाशित मितिः2 years ago

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । विगतका दिनहरुमा चोरी, झैझगडा जस्ता गतिबिधी भएपछि अहिले त्यस्ता गतिविधि रोक्नका लागि सिसि टिभी क्यामरा जडान गरिएको हो ।
तातोपानी बजारका मुख्य मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेस म्याग्दीका सभापती खम्बीर गर्बुजाको पहलमा भौतिक पूर्वधार, शहरी विकास मन्त्रालय गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा उक्त क्यामेरा जडान गरिएको हो । बजारमा जोडिएका क्यामेराको कन्ट्रोल ईकाइ प्रहरी कार्यालय भुरुङतातोपनीको कार्यालयमा रहेको छ ।

अब चोरी र झैझगडा गर्नेहरुको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिनईकाइ प्रहरी कार्यालय भुरुङतातोपनीले जनाएको छ । यसले अब बजार क्षेत्र र तातोपानी कुण्डमा हुने कुनै पनि नकारात्क कार्यको निगरानी सिसि टिभिबाटै गर्न सकिने भएको छ ।
सदरमुकाम सिमकोट बजारमा सिसि क्यामेरा जडान भएपछि त्यसले सुरक्षित वातावरण बनाउने स्थानीयबासीहरुका भनाइ छ । उक्त क्यामेराको ब्याकअप भएकाले २४ सैं घण्टा सञ्चालन हुने र त्यसको रेकडिङ एक महिना सम्म रहने शेरचनले जानकारी दिनुभयो ।

 

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services