सुनमको कप्तानीमा एनआरएनएको क्रिकेट टिम घोषणा
प्रकाशित मितिः2 years ago

सिड्नी । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले सुनम गौतमको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको छ । गौतम लामो समयदेखि अस्ट्रेलियामा व्यवसायिक क्रिकेट खेल्दै आएका छन् । गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टिमको घोषणा गरेको जनाएको छ ।

टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरि, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरि,सुनिल श्रेष्ठ,दिपेन श्रेष्ठ,दिपक क्षेत्री,आशिस पोखरेल,गम बहादुर गुरुङ र सागर पुन रहेका छन् ।नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।पुरुष क्रिकेट भने भदौ २३ बाट काठमाडौँमा संचालन हुँदैछ ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services