कर बुझाउन सात क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम
प्रकाशित मितिः2 years ago

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै क्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।वागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ । अनलाइनखबरबाट

(Visited 71 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services