चौथो पोखरा भलिबल कपको तयारी तीब्र
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा चौथो पोखरा भलिबल कप आयोजना हुने भएको छ । पोखरा भलिबल क्लबको आयोजनामा आगामी सेप्टेम्बर ११ तारिख सिड्नीको ओलम्पिक पार्कमा प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अर्जुन गुरुङले जानकारी दिए । प्रतियोगिताको आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको आयोजकले जनाएको छ । ‘खेलका लागि आवश्यक सबै तयारीलाई अघि बढाएका छौँ’, संयोजक गुरुङले भने । प्रतियोगितामा ११ टिमले सहभागिता जनाउने तय भएको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई नगदसहित ट्रफी र प्रमाणपत्रहरुले पुरस्कृत गरिने क्लबले जनाएको छ । प्रतियोगितालाई ग्लोबल कन्सल्ट, एजुकेशन, भिषा एण्ड माइग्रेसन, होलमेस इस्टिच्यूड लगायतका संघसंस्थाले प्रायोजन गरेका छन् । पछिल्लो समय सिड्नीमा फुटलब र क्रिकेट सँगसंगै भलिबलको पनि आकर्षण बढ्दै गएको छ । विभिन्न क्लब देखि सामाजिक संघसंस्थाहरुले समय–समयमा प्रतियोगिताहरु आयोजना गर्ने क्रम बढेको छ । संयोजक गुरुङ प्रतियोगितालाई प्रायोजन र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिदै प्रतियोगितामा सहभागिताका लागि आग्रह समेत गरेका छन् ।

 

(Visited 136 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services