अष्ट्रेलियामा पहिलो बौद्ध स्तुपा निर्माण
प्रकाशित मितिः4 years ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पहिलो बौद्ध स्तुपा निर्माण गरिएको छ ।विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजद्धारा सञ्चालित पशुपतिनाथ, बौंद्धनाथ तथा विश्व शान्ति आश्रममा उक्त स्तुपा निर्माण गरिएको हो । नेपालीहरु अष्ट्रेलियामा पुगेको झण्डै ४० वर्षपछि पहिलो नेपाली स्तुपा बनेको बताईएको छ । समाजका संस्थापक तथा निमार्णकर्ता प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु आर्चाय राजन शर्माले काठमाडौं स्थित स्वयम्भूबाट आएका पेमा लामाको सहभागितामा काम भएको जानकारी दिए । स्तुपा निर्माणका लागि विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज, ध्यान योग परिवारहरुले सहयोग गरेको बताईएको छ ।

स्तुपा भित्र ११ लाख १ सय ११ लाइनको ‘ॐ मणि पद्मे हुँं’दिव्य मन्त्र समाहित भएको छ । स्तुपा भित्रै ध्यान गर्न मिल्ने कक्षहरु निर्माण गरिएको छ । अष्ट्रेलियामा विगत १५ वर्षदेखि ध्यान, योग, तव पूर्वीय दर्शनलाई प्रर्वद्धन गर्दै आएका योगी आर्चाय राजन शर्माले सिड्नी, ओरेन्ज,काउरा,डब्बो,क्यानवेरा लगायत शहरको मध्ये भागमा रहेको करिव १०० रोपनी जग्गाको क्षेत्रफल भन्दा बढीको स्थानमा पशुपतिनाथ बौद्धनाथ निर्माण गरिएको जानकारी दिए । जहाँ नेपाल बाहिर रहेका नेपालीले खोलेको विश्वकै पहिलो गौशला रहेको छ । पशुपति नाथकै जुम्ल्याहा साइजको शिव लिंग, लुम्बिनी विकास कोषबाट माटो लगि बनाइएको बौद्ध स्तुपादेखि विभिन्न मनोरञ्जात्मक साधनाका केन्द्र स्थापना गरिएको छ ।

(Visited 125 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services