अस्ट्रेलियामा हुने विश्वकप क्रिकेटको ट्रफी नेपालमा
प्रकाशित मितिः4 years ago

सिड्नी । आगामी अक्टोबरमा अस्ट्रेलियाको विभिन्न शहरमा हुने टि ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल पुर्‍याईएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकपको प्रचारप्रसारका लागि ट्रफीलाई विश्व भ्रमण गराउने कार्यतालिका अनुसार नेपालमा पनि पुर्‍याईएको हो । नेपालमा पुर्‍याईएको उक्त ट्रफी प्रदर्शनीका लागि बुधबार भक्तपुर दरबार स्क्वायरमा राखिएको थियो । (भिडियो समाचारका लागि लिंकमा जानुहोला)

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको जनाएको छ । प्रदर्शनीमा राखिनु अघि ट्रफी दरबार क्षेत्र घुमाईएको थियो । विश्वकपको ट्रफीसँग विभिन्न स्कुलका विद्यार्थी, स्थानीय र पर्यटकले ट्रफीसँग तस्बिर खिचाएका थिए ।नेपाल ल्याइएको ट्रफी सोलुखुम्बुको गोक्यो ताल र कालापत्थरमा लगिने भनिएपनि खराव मौसमका कारण ट्रफीलाई काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो ।

त्यसपछि ट्रफीलाई प्रधानमन्त्री कार्यलयमा लगिएको थियो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका शरद भेषावकर, पूर्व खेलाडी मेहबुब आलम, महिला टिमकी कप्तान रुबिना क्षेत्रीसँगै पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि सहभागी थिए ।निसानसँग सहकार्य गरेर आइसीसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ । ट्रफी खेलाडी तथा राष्ट्रप्रमुख बाहेक अन्यले छुन पाउँदैनन् । विश्वकपको एक सय दिन ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइने बताइएको छ ।

(Visited 41 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services