एनआरएनएको गाला डिनरमा बिक्रमले प्रस्तुती दिने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आइडियल सिजन–२ का उपविजेता विक्रम बरालले सिड्नीमा साँगेतिक प्रस्तुती दिने भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाले आयोजना गर्ने गाला डिनरमा बिक्रमले आफ्ना कर्णप्रिय गीतहरु सुनाउने भएका हुन् । एनआरएनए अस्ट्रेलियाले सामाजिक उद्देश्य राखेर कोष बनाउन आगामी २३ सेप्टेम्बरमा झरना फङसन सेन्टर रकडेलमा डिनरको आयोजना गरेको छ, जहाँ विक्रमले आफ्ना सबै प्रकारका गीतहरु सुनाउने आयोजकले जनाएको छ ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आइपर्ने विभिन्न किसिमका समस्याहरुमा सहयोग गर्न सामाजिक कोष बनाउन लागिएको जानकारी दिए । विभिन्न किसिमका दीर्घ रोग, अस्ट्रेलियामा ज्यान गुमाउने नेपालीहरुको अन्तिम दाहसंस्कार र शब नेपाल फिर्ता जस्ता कार्यका लागि एनआरएनएमा धेरै निवेदन आउने गरेको छ । उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलियामा रहेका विक्रमले अध्ययनसँगै संगीतलाई पनि अघि बढाउन थालेका छन् । उनले सिड्नीमा प्रस्तुती दिनुअघि मेलर्वनमा आगामी सेप्टेम्बर ४ तारिखमा प्रत्यक्ष प्रस्तुती दिदैछन् भने ब्रिसबेनको चर्चित ८८४८ मम हाउस रेष्टुरेण्टमा पनि नियमित गीत प्रस्तुत गरिरहेका छन् ।

आफु अध्ययनको सिलसिलामा अस्ट्रेलिया आएपनि संगीतलाई नियमित समय दिइरहेको विक्रमले बताएका छन् । अष्ट्रेलियाको ब्रिसबेनस्थित टोरेन्स युनिभर्सिटीमा माष्टर इन प्रोफेसनल एकाउण्टिङ अध्ययन गरिरहेका विक्रम सिड्नी आउने भएपछि उनका समर्थक तथा संगीतप्रेमीहरु पनि निकै उत्साहित भएका छन् । कार्यक्रममा प्रवेशका लागि विद्याथीृका लागि ४० र अन्यका लागि ६० डलर टिकट तोकिएको छ ।

(Visited 53 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services