जनजाति मञ्च अस्ट्रेलियाले बुझायो ६ बुदे ज्ञापनपत्र
प्रकाशित मितिः4 years ago

सिड्नी । नेपाल आदीबासी जनजाति मञ्च, अस्ट्रेलियाले आदीबासी जनजाति महासंघलाई ६ बुदे ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष अरुण तामाङ नेतृत्वका एक टोलीले काठमाडाँैमा महासंघका अध्यक्ष ग्याल्चे शेर्पालाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । मञ्चले अगस्ट २७ गते विभिन्न जातीय संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा ‘नेपाल आदीबासी जनजाति महासंघको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक अन्तरक्रियाबाट आएका निस्कर्षसहित ६ बुदे ज्ञापनपत्र बुझाएको अध्यक्ष तामाङले जानकारी दिए ।

ज्ञापनपत्रमा महासंघको भवन सरकारी बजेटबाट निर्माण गर्ने र दलीय स्वार्थ भन्दा माथि रहने घोषणा गरिनुपर्ने, जनजाति महासंघको पदाधिकारहरु जनसँख्याको आधारमा पूर्ण समानुपातिक समावेशिताको सिद्धान्त अनुसरण गरिनुपर्ने, महाधिवेशनमा प्रवास संगठनहरुलाई एक देश एक मताधिकारको सुनिश्चितता गरिनुपर्ने लगायतका मागहरु समावेश गरिएको छ ।

 

(Visited 83 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services