आज तीज, सिड्नीमा विशेष पुजापाठ र महोत्सब
प्रकाशित मितिः2 years ago

सिड्नी । आज हरितालिका तीज । हिन्दुनारीहरुले विश्वभर पुजापाठ र मनोरञ्जनात्मक कार्यक्रम गर्दै मनाइरहेका छन् । यसैबीच, अस्ट्रेलियाका विभिन्न शहरमा नेपाली महिलाहरुले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । सिड्नीमा पुजापाठका लागि नेपाली मन्दिर निर्माणमा सहयोग जुटाउने उद्देश्यले तीज महोत्सब पनि सुरु भएको छ । नेपाली हिन्दु समाज अस्ट्रेलियाको आयोजित तीज महोत्सबमा खुल्ला मैदानमा पुजाआराधनाको मिलाईएको समाजका कोषाध्यक्ष पण्डित प्रकाश दोडारीले जानकारी दिए । महोत्सबमा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष प्रवचन हुनेछ ।

उपस्थित दर्शक एवम् भक्तजनको मनोरञ्जनका लागि अहिलेका चर्चित गायिका मेलिना राई र एलिना चौहानको बेजोड साँगेतिक प्रस्तुती दिदैछन् । अष्ट्रेलियाभर सिड्नीमा सबैभन्दा बढी नेपाली समुदायको वशोवास भएपनि नेपाली मन्दिर नहुँदा पुजापाठ र अन्य धार्मिक सत्कर्मका लागि शास्ती हुदै आएको छ । सोही समस्यालाई मध्यनजर गर्दै नेपाली मन्दिर निर्माणको प्रक्रिया सुरु गरिएको समाजले जनाएको छ । मेरिल्याण्डको ग्रानभिल पार्कमा बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म महोत्सब आयोजना गरिएको मन्दिर निर्माण समितिकी सचिब प्रतिज्ञा अधिकारीले जानकारी दिइन् ।

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services