नेपाल–अस्ट्रेलिया परराष्ट्र सचिबस्तरिय वैठक क्यानवेरामा
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक अस्ट्रेलियाको राजधानी क्यानवेरामा सकिएको छ । दुई देशका सचिबस्तरीय वैठकमा आपसी सम्बन्ध र सहकार्यलाई बलियो बनाउने विषयमा छलफल केन्द्रीत भएको बताईएको छ । नेपाल र अस्ट्रेलियाबीच उच्चस्तरीय भ्रमण हुनुपर्ने आवाज उठिरहेको सन्र्दभमा भएको वैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

नेपालले पछिल्लो समय सीधा हवाई उडानका लागि उच्चस्तरीय पहल गर्दै आएको छ । वैठकमा नेपालका परराष्ट्र सचिव भरत राज पौड्यालको नेतृत्वको टोली र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स नेतृत्वको टोली सहभागि थियो । क्यानवेरास्थित नेपाली दुतावासका अनुसार, बैठकमा नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

(Visited 126 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services