अस्ट्रेलियाको बिबिएलमा बिकेनन् सन्दीप र सुवास
प्रकाशित मितिः4 years ago

सिड्नी । अष्ट्रेलियाको विश्व चर्चित बिग ब्यास लिग २०२२/२३ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विकेटकिपर सुवास खकुरेल दुबैजना अनसोल्ड भएका छन् । अस्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा सहभागि ६ वटा फ्रेन्चाइज टोलीले दुबै खेलाडी माथि चाहना व्यक्त गरेनन् ।बिग ब्यासमा पहिलो पटक आइतबार साँझ ड्राफ्टमार्फत विदेशी खेलाडी अनुबन्धन गर्ने कार्यको सुरुवात गरिएको थियो । सन्दीप २०१८ पछि पहिलो पटक बिग ब्यास लिग खेल्ने छैनन् । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला ।)

सन्दीपले २०२३ को सुरुवातमा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट खेल्दैछन् जसको कारण बिग ब्यास लिगमा आधा सिजनमात्र उपलब्ध हुने थिए । सोही कारण उनलाई कुनै पनि टोलीले अनुबन्धन नगरेको हुनसक्ने अनुमान गरिएको छ । ड्राफ्टमा वेस्टइन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेल, काइरन पोलार्ड र दक्षिण अफ्रिका फाफ डु प्लेसिसलाई पनि कुनैपनि टोलीले अनुबन्ध गरेका थिएनन् ।यसअघि सन्दीपले समान दुई संस्करण होबार्ट हरिकेन्स र दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका थिए ।सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा ४८ विकेट लिएका छन् । यसैबीच, विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ ।नेपालको वरीयता एक स्थान घट्दै १५ औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड १६ औं स्थानमा छ । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र हङकङ २० औं स्थानमा छन् ।

(Visited 146 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services