किन बिकेनन् सन्दीप बिग बासमा
प्रकाशित मितिः3 years ago

नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् ।

बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् ।सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए । सन्दीपको कप्तानीमा रहेको नेपाली टिम हाल पाँच टी(२० र तीन एकदिवसीय खेलको लागि केन्या भ्रमणका रहेका छन् ।

(Visited 114 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services