प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशब जोशी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 years ago

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशब जोशी चुनिएका छन् । नेकपा एमालेको भातृसंस्था मञ्चको आइतबार सिड्नीमा सम्पन्न पाँचौ राष्ट्रिय अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । निर्वाचित कमिटीको उपाध्यक्षमा बालगोपाल उपाध्याय, चीन नेपाली र राम घिमिरे, सचिवमा प्रकाश पन्थी, सहसचिवमा असिम कोइराला, होमनाथ निरौला र हेमराज खनाल रहेका छन् ।

मञ्चले आर्थिक विभाग प्रमुखको जिम्मेवारी दिपक पहारीलाई दिएको छ । मञ्चको सदस्यहरुमा नरवीर नेम्बाङ, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल र भुवन पाण्डे रहेका छन् । त्यस्तै, पदेन सदस्यहरुमा न्यू साउथ वेल्सबाट कृष्ण सापकोटा, क्वीन्सल्यण्डबाट रमेश पाण्डे, वेस्र्टन अस्ट्रेलियाबाट तेजेंद्र बिक्रम मल्ल, तास्मनियाबाट मुगेन गौतम, नर्दन टेरटरीबाट सुदीप पोखरेल र क्यानवेराबाट अभिषेक उप्रेती रहेको प्रवासी युवा मञ्चका अध्यक्ष अरुण गौतमले जानकारी दिए ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख राजन भट्टराइले प्रवासमा रहेका नेपालीहरुको कला, सीप र क्षमतालाई राज्यले सदुपयोग गर्नेखालको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा न्यु साउथ वेल्सका नेपाली वाणिज्यदुत, दिपक खड्का, न्युजिल्याण्डका नेपाली वाणिज्यदुत आत्माराम खनाल र दिनेश खड्का, ओएनएफ अन्तरराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे ,ओएनएफ अन्तरराष्ट्रिय कमिटी सल्लाहकार कमिटि अध्यक्ष संजय थापा,लगायत बिभिन्न समुदायका अगुवाहरुको उपस्थिति थियो ।

(Visited 275 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services