मेलर्वनमा हुने नेपाल फेस्टिभलको तयारी पुरा
प्रकाशित मितिः4 years ago

सिड्नी । अस्ट्रेलियाको मेलर्वनमा हुने ‘नेपाल फेस्टिबल मेलबर्न २०२२’को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी सेप्टेम्बर १० मा हुने फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्पक्ष एवम् भिक्टोरिया संयोजक हरि खड्काले जानकारी दिए । फेस्टिबल पब्लिसिटि टिमका संयोजक हेम दुलालले फेस्टिबललाई नेपाली समुदायमा मात्रै सीमित नगरेर अन्य समुदायसम्म पुर्‍याउन काम भइरहेको बताए। (भिडियो न्यूजका लागि लिंकमा जानुहोला )

कलाकार संयोजक राम कँडेलले कव वेभ व्याण्ड र लोक दोहोरी गायक बद्री पंगेँनी आउने पक्का भएको जानकारी गराएका छन्। साँस्कृतिक परेडका संयोजक तारा गैरेले दिदी बहिनी समाज भिक्टोरीयासँग सहकार्य गरेर परेड तयारी भइरहेको बताए। फेडरेसन स्वाक्यरमा हुने महोत्सवमा पारलेमेन्ट हाउसबाट परेड सुरु हुनेछ। त्यस्तै अतिथि संयोजक गणेश कँडेलले फेस्टिबलमा नेपाली दूतावासबाट राजदूत कैलाश राज पोख्रेल, भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नाटलि हुचिङ्गस्, भिक्टोरीया बाहुसाँस्कृतिक कमिसनको अध्यक्ष भिभिन न्यूहुङ्ग लगायत अन्य उच्च पदाधिकारीहरूको सहभागिता हुने जानकारी गराए।

फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको भएपनि एनआरएनएको १९–२१ को कार्यकालमा कोभिड महामारीका कारण हुन सकेका थिए । फेस्टिभलमा नेपाली कला, सस्कृति र भेषभुषा झल्किने नेपाल परेडका साथै नेपाली खानाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहने छन् । ब्लुबेरी रियलस्टेट मुख्य प्रायोजक रहेको फेस्टिभलमा नेपालीका साथ मेलर्वनमा रहेका अन्य मुलुकका नागरिक पाँच हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

(Visited 103 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services