
सिड्नी । सिड्नीमा पुजापाठका लागि नेपाली मन्दिर निर्माणमा सहयोग जुटाउने उद्देश्यले तीज महोत्सब आयोजना हुने भएको छ । नेपाली हिन्दु समाज अस्ट्रेलियाको आयोजनामा हरितालिका तीजको अवसर पारेर आगामी अगस्ट ३० मंगलबारका दिन तीज महोत्सब तथा खुल्ला मैदानमा पुजाआराधनाको मिलाईएको समाजका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले जानकारी दिए । महोत्सबमा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष प्रवचन हुनेछ । उपस्थित दर्शक एवम् भक्तजनको मनोरञ्जनका लागि अहिलेका चर्चित गायिका मेलिना राई र एलिना चौहानको बेजोड साँगेतिक प्रस्तुती हुने आयोजकले जनाएको छ । (भिडियो न्यूजका लागि )
अष्ट्रेलियाभर सिड्नीमा सबैभन्दा बढी नेपाली समुदायको वशोवास भएपनि नेपाली मन्दिर नहुँदा पुजापाठ र अन्य धार्मिक सत्कर्मका लागि शास्ती हुदै आएको छ । सोही समस्यालाई मध्यनजर गर्दै नेपाली मन्दिर निर्माणको प्रक्रिया सुरु गरिएको समाजले जनाएको छ । मेरिल्याण्डको ग्रानभिल पार्कमा बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म महोत्सब आयोजना गरिएको मन्दिर निर्माण समितिकी सचिब प्रतिज्ञा अधिकारीले जानकारी दिइन् ।
‘महोत्सवमा आराध्य देव पशुपति नाथको मन्दिर स्थापना विषेश रुद्राभिषेक, मध्यान्ह आरती, बेलपत्र तथा दुधद्वारा शिवश्नान गरी सन्ध्या आरती गरीने छ’, उनले भनिन्, ‘तिजको लागि पूजा सामग्री थालि कार्यक्रमस्थलमै उपलब्ध हुने व्यवस्था गरेका छौ ।’ महोत्सबमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया, नारी निकुञ्ज अस्ट्रेलिया र भिजन फर मोटिभेशन लगायतका संघसंस्थाले सहकार्य गरेका छन् । महोत्सबलाई एक्पर्ट एजुकेशन तथा भिषा सर्भिस सेन्टर लगायत विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services