एनपिएलमा भाइव्रेन्ट बेगनास शीर्षस्थानमा उक्लियो
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः2 years ago

सिड्नी । लगातार दोश्रो जित निकाल्दै भाइव्रेन्ट वेगनास स्टार अस्ट्रेलियाको सिड्नीमा जारी नेप्लिज प्रिमियर लिग (एनपिएल) को अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एसीएए)को आयोजनामा भएको पहिलो संस्करणको एनपिएलको दोश्रोहप्ता आइतबार ४ वटा खेल सम्पन्न भए, जसमा बेगनासले लगातार दोश्रो जितसहित समग्रमा ४ खेलबाट ६ अंक जोडेको छ । समान ४ खेलबाट पिरना से–फोक्सुण्डो स्टाइर्कस् र रे पपर्टीज गोक्यो हिरोजका ४/४ अंक छ भने एक खेल मात्र जितेको मेरिट छो–रोल्फा च्यालेन्र्जसले दुई अंक जोडेको छ ।

आइतबार भाइव्रेन्ट बेगनासले मेरिट छो–रोल्फा माथि ४ विकेट र रे पपर्टीज गोक्यो हिरोज माथि ७७ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा उपाधीको दावेदारी प्रस्तुत गरेको छ । गत हप्ता दुबै खेलमा जित निकालेको रे पपर्टीज गोक्योले मुख्य खेलाडीको अनुपस्थितिका कारण दोश्रो हप्ता दुबै खेल गुमान पुग्यो । त्यस्तै, पिरना से–फोक्सुण्डोले रे पपर्टीज गोक्यो माथि ४७ रन र मेरिट माथि ११ रनको जित निकालेको छ । पाँच हप्तासम्म हरेक आइतबार हुने प्रतियोगितामा सहभागि ४ फ्रेन्चाइज टिमहरु डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टिम उपाधीका लागि भिड्नेछन् । वलीवेभ रिर्जभ पारामाटाको दुईवटा मैदानमा खेल खेलाईएको थियो ।

प्रतियोगितालाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ । (एनसीएए)ले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एनसीएएका अध्यक्ष करण श्रेष्ठले आगामी संस्करणमा सिड्नी भन्दा अन्य शहरका खेलाडीहरु समावेश गर्ने योजना रहेको बताए ।

(Visited 152 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services