दिपेन्द्रले अस्ट्रेलियामा जिते ५० हजार डलर पुरस्कार (भिडियोसहित )
प्रकाशित मितिः2 years ago

सिड्नी । एक नेपालीले अस्ट्रेलियामा पचास हजार डलर पुरस्कार जितेका छन् । नाइन टेलिभजिनको प्रश्नोत्तर कार्यक्रम मिलिनियर हट सीट ( हु वान्ट टु बी अ मिलिनियर) कार्यक्रममा दीपेन्द्र पौडेलले पचास हजार डलर पुरस्कार जितेका हुन् । उनी सिड्नीमा शैक्षिक व्यवसायीका रुपमा परिचित छन् । मेलर्वनमा भएको उक्त कार्यक्रममा सहभागी हुनका लागि दिपेन्द्रले विभिन्न चार चरणको छनौट पार गरेका थिए ।

नेपालको स्याङजा जिल्लाको सेतीदोभान गाउँमा जन्मेका दिपेन्द्र सानै देखि हाजिरी जवाफ लगायतका प्रतियोगिताहरुमा भाग लिने गर्दथे । हाल उनी चार्टर्ड एकाउन्टेन्ट हुन् भने सिड्नीस्थित पारामाटामा च्वाइस एकेडेमी कलेज सञ्चालन गरिरहेका छन् । कलेजका प्रबन्ध निर्देशक समेत रहेका उनी कार्यक्रममा नेपाली ढाका टोपी र पोशाकमा सहभागी थिए । (थप विवरण भिडियो न्यूजमा )

(Visited 74 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services