अर्घाखाचीका विपन्न विद्यार्थीको सहयोगार्थ तीज साँगेतिक कार्यक्रम
प्रकाशित मितिः4 years ago

सिड्नी । अर्घाखाची समाज अस्ट्रेलियाले हरितालिका तीजको अवसरमा साँगेतिक एवम् दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । अर्घाखाचीको गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले अगस्ट २७ तारिख अर्थात आगामी शनिबार सिड्नीस्थित रकडेलको इन्द्रेणी फङसन सेन्टरमा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष मिन भुषालले जानकारी दिए । कार्यक्रममा लोकदोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक, संगीतकार एवम् सर्जक बसन्त थापा, गायिका देवी घर्ती, सुनितामी परियार लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिदैछन् । (भिडियो न्युजका लागि लिंकमा जानुहोला )

‘हामीले सन् २०१९ मा पनि अर्घाखाची जिल्लाका हरेक वडाका एकजना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई दश हजार रुपैयाँका दरले सहयोग गरेका थियौ, यस कार्यक्रमबाट बचत भएको रकमले हामी त्यस्तै कार्यमा खर्च गर्नेछौँ’, अध्यक्ष भुषालले भने । ‘सालको पात टपरी हुनी’ लगायत दर्जनौ चर्चित गीतका सर्जक एवम् गायक बसन्त र सुमुधुर स्वरकी धनी देवी घर्ती लगायतका कलाकारहरु सिड्नी आइपुगेका छन् ।

कलाकारहरुको टोलीलाई सिड्नी विमानस्थलमा समाजका पदाधिकारीहरुले स्वागत गरेका थिए । समाजका सदस्य विरेन मल्लले कार्यक्रमको भव्य तयारी गरिएको जानकारी दिए । उनका अनुसार, मनोरञ्जनसँगै सामाजिक उद्देश्य राखिएको कार्यक्रमका लागि उत्साहजनक रुपमा टिकट विक्री भएको छ । ओसिएन एजुकेशन एण्ड भिषा सर्भिसले मुख्य प्रायोजन गरेको कार्यक्रममा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

(Visited 360 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services