सुवास पनि बीबीएलको ड्राफ्टमा
प्रकाशित मितिः2 years ago

सिडनी । अष्ट्रेलियामा हुने फ्रेन्चाइज क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि समावेश भएका छन् । तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक पनि बनेका छैनन् । उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले स्पष्टीकरण दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताएका छन् । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भनेका छन् ‘म क्यानडा गएको होइन ।’
बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ ।

पहिलो पटक विदेशी खेलाडी ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । उक्त ड्राफ्टमा यसअघि नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि समावेश रहेका छन् । अघिल्लो संस्करण होबार्ट हुरिकेन्सबाट खेलेका सन्दीपलाई होबार्टले ड्राफ्ट अघि रिटेन पनि गर्न मिल्नेछ । यस सिजनमा पनि सन्दीपको बीबीएल खेल्ने संभावना उच्च देखिएको छ ।

(Visited 126 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services