सिड्नी तताए प्रकाश सपुतले
प्रकाशित मितिः2 years ago

सिड्नी । ‘जाडो सिजन उत्तरार्ध भएपनि सिड्नीमा न्यानोपनको खाशै गुञ्जायस छैन् । तैपनि शुक्रबार साँझ अहिलेका चर्चित लोकगायक प्रकाश सपुतले जाडोलाई बिर्साउने गरि आफ्नो प्रस्तुती दिए । मायालु इन्टरटेन्टमेन्टको आयोजनामा सिड्नीस्थित हस्टभिल्लको मराना अडोटिरियम हलमा खचाखच दर्शक माझ गायक सपुतले गलबन्दी, पीर, कुरा बुझ्नपर्च लगायतका अन्य चर्चित गीतहरु मार्फत माहोल तताएका थिए ।

साँगेतिक कार्यक्रमका लागि अस्ट्रेलिया भ्रमणमा रहेका सपुतले यसअघि क्यानवेरामा आफ्नो प्रस्तुती दिइसकेका छन् । उनीसँगै गायिका प्रिति आलेमगर, कलाकार राजेन्द्र भाट, समिर आचार्य र करिष्मा ढकाल लगायतले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रम अन्र्तगत सपुतले अगस्ट २१ मा तास्मानिया, २५ मा व्रिसवेन र २८ मा पर्थमा साँगेतिक प्रस्तुती गर्दैछन् । पछिल्लो समय देश भन्दा विदेशका कार्यक्रममा व्यस्त बनेका सपुतले हालै मात्र अमेरिका भ्रमण सकेर नेपाल फर्केका थिए ।

यसैबीच, कोभिड महामारीपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी मात्र होइन्, कलाकारहरुको पनि बाक्लो उपस्थिति हुन थालेको छ । उच्च शिक्षा अध्ययनको गन्तव्य बनिरहेको अष्ट्रेलियामा विभिन्न अवसर पारेर गायक/गायिका देखि नायक/नायिकाहरुको उपस्थिति बाक्लिदै गएको छ । रुपन्देही सामाजिक सञ्जालले अगस्ट २० अर्थात शनिबार सिड्नीस्थित रक्डेलमा आयोजना गर्ने तिज धमाका कार्यक्रममा लोकगायिका शान्तीश्री परियार र खुमन अधिकारीले आफ्नो प्रस्तुती दिदैछन् । दुबै जना कलाकार सिड्नी आइपुगेका छन् ।

(Visited 115 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services