
सिड्नी । लोक दोहोरी गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियार अस्ट्रेलियाको सिड्नी आईपुगेका छन् । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको तीज धमाका साँझमा सहभागि हुन कलाकारद्धय सिड्नी आइपुगेका हुन् ।कलाकार खुमन र शान्तिश्रीलाई सिड्नी विमानस्थलमा रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल,उपाध्यक्ष दिभाकर काफ्ले,निर्वतमान अध्यक्ष ईश्वर पोखरेल अविरल, पूर्व अध्यक्ष कृष्ण गैरे,पूर्व महासचिव महेश्वर शर्मा, नेपाली कला साहित्य तथा संस्कृति सयोंजक सुचना पाण्डे, उपसयोंजक प्रदिप खनाल लगायत सञ्जालका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
नेपालका अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आगामी शनिबार अर्थात २० तारिखमा ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सञ्जालले ‘तीज धमाका’ कार्यक्रमको आयोजना गरेको गरेको छ । सिड्नी आइपुगेकीपछि कलाकारद्धयले उत्कृष्ट मनोरञ्जन दिने बताएका छन् ।
तीज पर्वमा साँगेतिक कार्यक्रमका अतिरिक्त सामाजिक उद्देश्य पनि राखेर कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिएका छन् । ‘हामीले यो कार्यक्रम मात्र मनोरञ्जनका लागि आयोजना गरेका होइनौँ, यसबाट हुने आम्दानीको केहि हिस्सा हामीले अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्नेछौँ’, अध्यक्ष पोखरेलले भने, ‘सामाजिक उद्देश्य राखिएकोले टिकट पनि उत्साहजनक रुपमा बिक्री भएको छ ।’ कार्यक्रमलाई अजी फाइनान्स एण्ड होम्स् लोन र एक्सपर्ट एजुकेशन भिषा सर्भिसले मुख्य प्रायोजन गरेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services