सिड्नी । तास्मनिया नेप्लिज क्रिकेट एशोसियशन र पेनी रोयल कलेजबीच सहकार्य हुने भएको छ । एशोसियशन र कलेजबीच खेलाडीलाई प्राथामिक उपचार (फस्ट एड) र सिपीआर तालिम सहयोगसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार, कलेजले तास्मनियामा रहेका विभिन्न ८ वटा क्लबका खेलाडीहरुलाई प्रतियोगिताहरुमा फस्ट एडसहित किट्सहरु निशुल्क उपलब्ध गराउनेछ । सम्झौतापत्रमा एशोसियशनको तर्फबाट अध्यक्ष बाबु न्यौपाने र कलेका संस्थापक गणेश सुवेदीले हस्ताक्षर गरेका छन् ।
‘यी कुराहरु खेलाडीका लागि आधारभुत कुराहरु हुन्, तीनबर्षसम्म कलेजले यी कुराहरुमा ध्यान दिनेछन्, यसले खेलाडीहरुलाई आफ्नो खेलकौशल निर्खान र व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष फाइदा पुर्याउनेछ’, अध्यक्ष न्यौपानेले भने । पछिल्लो समय तास्मनियामा नेपाली समुदायमा क्रिकेट प्रति आकर्षण बढ्दै गएको सन्र्दभमा प्राप्त सहयोगले क्रिकेटसँगसम्बन्धित अन्य गतिविधी सञ्चालन गर्न समेत सहज भएको अध्यक्ष न्यौपानेको भनाई छ । होवार्टमा सञ्चालित पेनी रोयल कलेजमा फस्ट एड तालिमसँगै डिस्याविलिटी र एजकेयरसम्बन्धि अध्यापन पनि हुदैआएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services