अनाथ र फरक क्षमताका बालबालिकाको सहयोगार्थ तीज धमाका
प्रकाशित मितिः2 years ago

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ साँगेतिक कार्यक्रम आयोजना गर्दैछ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अगस्ट २० तारिख सिड्नीको रक्डेलस्थित इन्द्रेणी सेन्टरमा तीज धमाका सांगेतिक साँझ आयोजना गर्न लागिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए । उनका अनुसार, कार्यक्रममा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारका साथमा सिड्नीका स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

‘हामीले यो कार्यक्रम मात्र मनोरञ्जनका लागि आयोजना गरेका होइनौँ, यसबाट हुने आम्दानीको केहि हिस्सा हामीले अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्नेछौँ’, अध्यक्ष पोखरेलले भने, ‘सामाजिक उद्देश्य राखिएकोले टिकट पनि उत्साहजनक रुपमा बिक्री भएको छ ।’ कार्यक्रमलाई अजी फाइनान्स एण्ड होम्स् लोन र एक्सपर्ट एजुकेशन भिषा सर्भिसले मुख्य प्रायोजन गरेका छन् । कार्यक्रमका लागि कलाकार द्धय खुमन र शान्ति श्री को अस्ट्रेलिया भ्रमणको सम्पूर्ण प्रक्रिया पुरा भएको आयोजकले जनाएको छ । अध्यक्ष पोखरेलले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरुलाई धन्यबाद समेत दिएका छन् । सञ्जालकी महासचिब रञ्जिता भण्डारीले प्रवासमा रहेपनि कला, संस्कृति र परम्परालाई जर्गेना गर्न कार्यक्रमले टेवा पुग्ने बताइन् । ‘कार्यक्रममा मनोरञ्जनासँगै सामाजिक कार्यपनि जोडिएको छ, त्यसैले धेरैजना उत्साहित हुनुहुन्छ’, उनले भनिन् ।

(Visited 131 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services