
सिड्नी । एडिलेड नेप्लिज क्रिकेट संघ (एएनसिए)को अध्यक्षमा विजय जोशी चयन भएका छन् । साउथ अस्ट्रेलियाको राजधानी एडिलेड आसपासका क्षेत्रमा रहेका नेपाली समुदायहरुको पहलमा सन् २०१४ मा स्थापना भएको संघको हालै सम्पन्न बार्षिक साधारण एवम् अधिवेशनले जोशीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा डोलकर गुरुङ, सचिबमा सन्तोष अधिकारी र कोषाध्यक्षमा दिपेशराज पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा पारस जोशी, साबु पौडेल, मधुकर पौडेल, विनिता सिंह, दिप्सन खड्का र पब्लिक अफिसरमा दिपक क्षत्री चयन भएका छन् । (एएनसिए)ले साउथ अस्ट्रेलिया राज्यसभा सदस्य झिङ ली लाई संस्थाको एम्बेस्डर र ओलम्पियन कट्रिना वेबलाई सल्लाहकार चयन गरिएको छ । ली र वेब दुबै जना नेपाली समुदाय, कला, संस्कृति र परम्परासँग परिचित रहेका कारण लामो समयदेखि सहकार्य गर्दै आएको अध्यक्ष जोशीले जानकारी दिए । नयाँ कार्यसमितिले आगामी एकबर्षे क्यालेण्डर समेत पारित गरेको जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services