सिड्नी । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाको अध्यक्षमा सर्वसम्मत रुपमा शशी सुब्बा लिम्बु चुनिएकी छन् । गत शनिबार सिड्नीको रक्डेलमा सम्पन्न संस्थाको नवौँ वार्षिक साधारणसभाबाट शशिको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष चित्र तुम्बाहाम्फे र विनोद सेरेङ छन् । महासचिवमा मनुराज निङ्लेक, सचिवमा राम सम्बाहाङ्फे, कोषाध्यक्षमा सुस्मा सुब्बा र सह– कोषाध्यक्षमा धन थेबे रहेका छन ।
त्यस्तै, सदस्यहरूमा भगत लिम्बू, डिना नेम्बाङ, ,लोकेन्द्र इङ्नाम, झरेन्द्र लिम्बू , भिमराज लिम्बू, हेमचन्द्र लिम्बू, लक्ष्मी आङ्बुहाङ,सुवाश निङ्लेकु छन् । सांस्कृतिक समूहमा सीता चेम्जङ, अनिता फोम्बो,उपेन्द्र चेम्जोङ,आशिष आङ्देम्बे,सबिना लिम्बू, मिक्सेमी सम्बाहाङ्फे,मिना मादेन,भुमी कन्दङ्वा र मुना लिम्बू छन् । कार्यक्रममा सहायक कोषाध्यक्ष धन थेवेले प्रस्तुत गरेको आर्थिक र महासचिव मनुराज निग्लेखुले प्रस्तुत गरेको सस्थाको प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।
कार्यक्रमको उद्घाटनसत्रमा विभिन्न जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष सुब्बाले आगामी दिनमा संस्थागत विकास र जातीय उत्थानका लागि काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services