सिड्नीमा एनपिएल सुरु, गोक्यो हिरोजको दोश्रो जित
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेप्लिज प्रिमियर लिग (एनपिएल) अस्टे«लिया सुरु भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एसीएए)को आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन रे प्रपर्टीज् गोक्यो हिरोज्ले लगातार दोश्रो जित निकालेको छ । भाइव्रेन्ट वेगनास स्टार र मेरिट शो रोल्फा च्यालेञ्जर्स्ले एक/एक जित निकाल्दा पिरना से–फोक्सुण्डो स्टाइर्कस् भने दुबै खेलमा जितबिहिन रहे । (४ कप्तानले के के भने भिडियोमा हेर्नुस् )

रे प्रपर्टीज् गोक्यो हिरोज्ले शो रोल्फा च्यालेञ्जर्स् माथि ६ विकेट र पिरना से– फोक्सुण्डो स्टाइर्कस्माथि ३७ रनको फराकिलो जित निकाल्दै प्रतियोगिताको शानदार सुरुवात गरेको छ । हरेक आइतबार हुने प्रतियोगिता आगामी पाँच हप्तासम्म चल्नेछ । वलीवेभ रिर्जभ पारामाटाको दुईवटा मैदानमा खेल खेलाईएको थियो। फ्रेन्चाइज प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु पनि निकै उत्साहित देखिएका छन् । प्रतियोगिताका लागि ४ वटा फ्रेन्चाइज टिमले अक्सन मार्फत खेलाडी अनुबन्धन गरेका थिए । प्रतियोगितालाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला)

होम्सका सौरभ मल्लले क्रिकेटसँग जोडिन पाउँदा निकै खुशी लागेको बताए ।नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)ले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एनसीएएका अध्यक्ष करण श्रेष्ठले आगामी संस्करणमा सिड्नी भन्दा अन्य शहरका खेलाडीहरु समावेश गर्ने योजना रहेको बताए ।

 

(Visited 154 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services