सिटी टु सर्फमा दौडिएर नेपालको पर्यटन प्रर्वद्धन
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नी शहरमा बार्षिक रुपमा आयोजना हुने ‘सिटी टु सर्फ र रमाइलो दौड’ मार्फत नेपालको पर्यटन प्रर्बद्धन गरिएको छ । ‘लेट्स गो नेपाल’ नारासहित नेपालको झण्डा लिएर नेपाली समुदायले उक्त दौडमा सहभागिता जनाएका हुन् ।

दौडमा अस्ट्रेलियास्थित नेपाली राजदुतावास, पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र अन्य विभिन्न संघसंस्थाका पदाधिकारीले सहभागिता जनाएका थिए ।
हरेक वर्ष मनाउने यो परोपकारी फन रन वा रमाइलो दौडले गतबर्ष भनेकोभिड–१९ महामारीका कारण निरन्तरता पाउन सकेको थिएन् । यस वर्ष ६० हजारले सहभागिता जनाएको आयोजकको दाबी छ ।

सिड्नीको हाइड पार्क देखि बोन्डाइ सम्मको दौडलाई पुरा गरेर यसको ५० औँ संस्करण समेत मनाईएको छ । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले धेरै देशका नागरिकहरु सहभागी हुने यस्ता कार्यक्रममा गरिएको प्रचारले पर्यटन प्रवद्र्धन ठुलो सघाउ पुग्ने बताए ।

(Visited 185 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services