एडिलेड टेबुल टेनिसको उपाधी उमेश र उषालाई
प्रकाशित मितिः2 years ago

एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेड शहरमा सम्पन्न दोश्रो संस्करणको टेबुल टेनिस प्रतियोगिताको उपाधी पुरुषतर्फ उमेश बुढाथोकी र महिलातर्फ उषा श्रेष्ठले जितेका छन् । शनिबार साँझ सम्पन्न रोमाञ्चक फाइनलमा उमेशले चिदा चौहानलाई ३–२ सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । त्यस्तै महिला तर्फ उषाले फाइनलमा रिजनो अधिकारीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेकी थिइन् ।

नेप्लिज इन एडिलेडको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ७२ र महिलातर्फ ८ जना खेलाडी सहभागिता जनाएका थिए ।प्रतियोगितामा विजेताले पुरुष र महिलातर्फ समान ट्रफी, मेडल र प्रमाणपत्रसहित ६ सय डलर र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ४ सय डलर पुरस्कार प्रदान गरिएको नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले जानकारी दिए ।

‘पहिलो संस्करण जस्तै यसपटकको संस्करण पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ, यसले हामीलाई आगामी प्रतियोगिता गर्न उत्प्रेरणा दिएको छ’, उनले भने । प्रतियोगितामा प्रेम पाठकले अम्पायरको भूमिका निर्वाह गरेका थिए । नेप्लिज इन एडिलेडलका संस्थापक अध्यक्ष प्रकाश (आमिथ्य) गैरेले प्रतियोगितामा सहभागिता जनाउने सबैलाई धन्यबाद दिएका छन् । प्रतियोगितालाई कंगरु एजुकेशन एण्ड भिसा सर्भिस सेन्टरले मुख्य प्रायोजन गरेको थिया ।

(Visited 210 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services