पूर्वयुवराज्ञी हिमानीको प्रश्न, ‘२० बर्षमा देश किन बनेन् ?’
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः3 years ago

सिड्नी । पूर्वयुवराज्ञी हिमानी शाह यतिबेला सिड्नीमा छिन् । देशका विभिन्न क्षेत्रका बाढीप्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानकिा लागि कोष स्थापनार्थ ‘च्यारिटी शो’ मा सहभागि हुन हिमानी तीन दिनअघि सिड्नी आइपुगेकी थिइन् । सिड्नी उत्रिए देखि नै उनी भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन् । गत बुधबार एवम् १० तारिख महिला सशक्तिकरण कार्यक्रममा सहभागि हिमानी, बिहीबार ट्रस्टले आयोजना गरेको नेपाली समुदायका व्यक्तित्वहरुसंग भेटघाटमा कार्यक्रममा सहभागी भएकी थिइन् । हिमानीलाई भेट्न र फोटो सुटका लागि बालबच्चा देखि बृद्धबृद्धाहरु समेत लाम लागेको थियो । (भिडियो न्यूजका लागि लिंकमा जानुहोस)

भेटघाट कार्यक्रमलाई सक्षिप्त सम्बोधन गर्दै हिमानी शाहले २० बर्षमा मुलुक बनाउन सकिने बताएकी छन् । ‘विभिन्न कारण र बाध्यताले नेपालीहरुले देश छोड्नुपरिरहेको छ, २० बर्षमा अन्य मुलुक समृद्ध र विकसित हुन्छ भने हामी किन हुनसक्दैनौँ ? उनले भनिन्, ‘सबैको साथ र सहयोग भयो भने देश बनाउन सकिन्छ ।’ त्यसअघि महिला सशक्तिकरण कार्यक्रममा उनलाई रेड कार्पेटमा स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा न्यू साउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्ड लगायत बहुसाँस्कृतिक काउन्सिलका पदाधिकारी, प्रहरीका उच्च अधिकारी र राजनेतिक दलका महिला विभागका अधिकारीहरुको सहभागिता थियो ।

कार्यक्रम अन्र्तगत अगस्ट १२ गते सिड्नीस्थित पार्लीमेन्ट हाउसमा मन्त्री तथा स्थानीय नेताहरुको सम्बोधन हुने च्यारिटीमा पनि हिमानी सहभागि हुदैछिन् । जहाँ न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेको समेत सहभागिता रहने बताईएको छ । उक्त कार्यक्रमका लागि सम्पूर्ण टिकट विक्री भइसकेको हिमानी ट्रस्ट अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेतले जानकारी दिइन् । हिमानी ट्रष्ट नेपालको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त च्यारिटीमार्फत नेपालका बाढी प्रभावित क्षेत्रका दश हजार पिछडिएका बालबालिकालाई शुद्ध प्रशोधित एवम् सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

 

(Visited 180 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services