सिड्नीमा आइतबारदेखि एनपिएल
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः2 years ago

सिड्नी । आगामी आइतबारदेखि सिड्नीमा नेप्लिज प्रिमियर लिग (एनपिएल) अस्ट्रलिया सुरु हुदैछ छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलियाको आयोजनामा पहिलोपटक फ्रेन्चाइजमा आधारित प्रतियोगिता हुन लागेको हो । जहाँ ४ वटा टिमले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि खेल मैदान व्यवस्थापन देखि आन्तरिक तथा बाह्य तयारी अन्तिम चरणमा पुगेको एनपिएलका म्यानेजर राम श्रेष्ठले जानकारी दिए । (एनसीएएका अध्यक्ष करण श्रेष्ठसँगको कुराकानी)

‘हामीले नेपाली समुदायमा लामो समयदेखि क्लब क्रिकेट सञ्चालन गर्दै आएका थियौँ, अब एक कदम अघि बढेर व्यवसायिक रुपमा अघि बढाउन एनपिएल आयोजना गरेका हौँ’, उनले भने, ‘यसलाई लिएर हामी धेरै नै उत्साहित छौँ ।’प्रिमियर लिगका लागि ४ वटा फ्रेन्चाइज टिमले अक्सन मार्फत खेलाडी अनुबन्धन गरिसकेका छन् । अक्सनका लागि आब्हान गरिएको खेलाडी नामदर्तामा ३ सय भन्दा बढीले आफ्नो नाम समावेश गरेकोमा फ्रेन्चाइज टोलीहरुले ६० खेलाडी अनुबन्धन गरेका छन् । (एनपिएलका म्यानेजर राम श्रेष्ठसँगको कुराकानी) 

लिगमा भाइव्रेन्ट वेगनास स्टार, पिरनाह से–फोक्सुण्डो स्टाइर्कस्, रे प्रपर्टीज् गोक्यो हिरोज् र मेरिट टेस्हो रोल्फा च्यालेञ्जर्स् बीच प्रतिस्पर्धा हुनेछ । हरेक हप्ताको आइतबार आयोजना हुने प्रतियोगिता ५ हप्तासम्म चल्ने एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षत्रीले जानकारी दिए । ‘नेपाली समुदाय देखि चौतर्फी रुपमा हामीले व्यापक प्रचारप्रसार गरेका छौँ’, उनले भने । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)ले एनपिएलका अतिरिक्त लामो समयदेखि बर्षको ६ महिना क्लब क्रिकेट सिजन पनि सञ्चालन गर्दै आएको छ । जहाँ २४ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । (एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षेत्रीसँगको कुराकानी)

एनसीएएका अध्यक्ष करण श्रेष्ठले आगामी संस्करणमा सिड्नी भन्दा अन्य शहरका खेलाडीहरु समावेश गर्ने योजना रहेको बताए । ‘नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको सहभागिताका बारे पनि सोचीरहेका छौँ’, उनले भने, ‘फ्रेन्चाइज टिमहरु सल्लाह गरेर त्यसबारे पनि योजना बनाउनेछौँ ।’ प्रतियोगितालाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ । अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन प्रायोजन गर्ने सबै प्रायोजकहरुलाई धन्यबाद समेत दिएका छन् ।

(Visited 233 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services