पूर्वयुवराज्ञी हिमानी शाह अस्ट्रेलियामा
प्रकाशित मितिः4 years ago

सिड्नी । नेपालको विभिन्न भागका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सहयोग जुटाउन पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अस्ट्रेलिया आएकी छिन् । हिमानी ट्रस्ट अस्ट्रेलियाले आयोजना गर्ने विभिन्न च्यारिटी कार्यक्रममा सहभागि हुन पूर्वयुवराज्ञी शाह मंगलबार साँझ सिड्नी आइपुगेकी हुन् । साँझ ७:१५ बजे सिड्नी विमानस्थल उत्रेकी शाहलाई हिमानी ट्रस्ट अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत लगायतका टोलीले स्वागत गरेकी थिइन् ।

पूर्वयुवराज्ञी शाह सिड्नी बसाइका क्रममा ट्रस्टका पदाधिकारीसँग छलफल गर्नुका साथै अगस्ट १२ गते सिड्नीस्थित पार्लीमेन्ट हाउसमा मन्त्री तथा स्थानीय नेताहरुको सम्बोधन हुने च्यारिटीमा सहभागि हुदैछिन् । जहाँ न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेको समेत सहभागिता रहने बताईएको छ । उक्त कार्यक्रमका लागि सम्पूर्ण टिकट विक्री भइसकेको अध्यक्ष बस्नेतले जानकारी दिइन् । त्यसअघि उनी बुधबार सिड्नीमा आयोजित एक ईभेन्ट्समा पनि सहभागी भएकी छन् । कार्यक्रममा वक्ताको रुपमा न्यू साउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्डले सहभागिता जनाएको बताईएको छ ।

हिमानी ट्रष्ट नेपालको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग गर्ने उद्देश्यले आयोजित उक्त च्यारिटीमार्फत नेपालका बाढी प्रभावित क्षेत्रका दश हजार पिछडिएका बालबालिकालाई शुद्ध प्रशोधित एवम् सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ । तस्विर तथा भिडियो सौजन्य: हिमानी ट्रस्ट अस्ट्रेलिया 

(Visited 280 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services