तेस्रो तालबराही कपको तयारी अन्तिम चरणमा
प्रकाशित मितिः2 years ago

सिड्नी । आगामी आइतबार सिड्नीमा हुने तेस्रो तालबराही कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फेवा एफसीको आयोजनामा हुने प्रतियोगिताका लागि खेलमैदान, टिमदर्ता देखि आन्तरिक तथा बाह्य तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष विश्वास गुरुङले जानकारी दिए । उनका अनुसार, प्रतियोगितालाई ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माइग्रेन्टले मुख्य प्रायोजन गरेको छ । ‘हामी प्रतियोगिताका लागि आतुर छौँ, यहाँको मौसमले पनि साथ दिने अपेक्षा छ’, उनले भने ।

आयोजकका अनुसार, प्रतियोगितामा खुला तर्फ २४ समूह तथा ३५ बर्ष माथिका भेट्रान खेलाडीतर्फ ८ समूह गरी ३२ समूहले भाग लिदैछन् । प्रतियोगितामा विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा ४ हजार अष्ट्रेलियन डलर प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १५ सय डलर पाउनेछन् । त्यस्तै ३५ बर्षभन्दा माथिका भेट्रान खेलाडीहरु तर्फ विजेतालाई १ हजार डलर र उपविजेतालाई ५ सय डलर पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले १ सय डलर पुरस्कार हात पार्नेछन् । अ

वर्नको बेब्स एभिन्यूमा हुने प्रतियोगीताले खेलको माध्यमबाट अष्ट्रेलियामा रहेका नेपाली समुदायमा आपसी भाइचारा र सद्भाव कायम गर्ने विश्वास लिईएको छ । यसैबीच, राष्ट्रिय फुटबल टोलीका फरर्वाड विमल राना र मिडफिल्डर हेमन्त थापाले पनि फेवा एफसीबाटै उक्त प्रतियोगिता खेल्ने क्लबले जनाएको छ । फुटबलर राना र थापा गत शनिबार मात्रै सिड्नी आइपुगेका थिए ।

(Visited 118 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services