विद्यार्थीसँगको सम्बन्ध प्रगाढ बनाउंदै स्टूडेण्ट भाइस
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्शदाताको पहिचान बनाइसकेको स्टूडेण्ट भाइसले विद्यार्थी केन्द्रित अभियानलाई प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ । भाइसले गत शनिबार विद्यार्थी, अभिभावक र विभिन्न कलेजका प्रतिनिधीबीच बाविक्यू कार्यक्रम मार्फत अन्तरसंवाद गर्दै विद्यार्थीका समस्या र समाधानका उपायसँगै अस्ट्रेलियामा शैक्षिक व्यवसायलाई कसरी परिणामुखी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । भाइसले यसअघि, अस्ट्रेलियामै नेपाली विद्यार्थी मात्र वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका र जाने तयारीमा रहेका विद्यार्थीको मनोबल उच्च बनाउंदै हौशला र प्रेरणा प्रदान गर्ने मामिलामा सधै सक्रिय हुदाँ धेरै सकारात्मक सन्देश प्रवाह भएको सस्थाकी प्रबन्ध निर्देशक सुनिता श्रेष्ठले बताईन् । ‘संस्थामार्फत धेरै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय छौ, समाजका सबै क्षेत्रमा हाम्रो साथ र सहयोगसँगै विद्यार्थीको उन्नती र प्रगतिमा केन्द्रित छौ’ श्रेष्ठले भनिन् ।

‘स्टुडेण्ट भाईस कन्सल्टेन्सी मात्र होइन, यो मार्फत आउँदा हामीले यहांबाट अभिभावकत्व पाएका छौ’शनिबार सस्थाले सिड्नीमा आयोजना गरेको बिध्यार्थी भेटघाट कार्यक्रममा बिध्यार्थीहरूले आफ्नो अनुभब सुनाएका थिए ।विद्यार्थीको अनुभवलाई समर्थन गर्दै एप्सले र अष्ट्रल स्किल इनेष्टिच्यूट अफ अष्ट्रेलियाकी मार्केटिंग मेनेजर स्वस्तिका बिष्टले कलेजको तर्फबाट स्टुडेण्ट भाईसले विद्यार्थीहरुमा पारेको सकारात्मक प्रभाबको बारेमा चर्चा गरेकी थिइन । ‘राम्रो ऐजुकेसन कन्सल्टेन्सीसंग जोडिन पाएकोमा हामी पनि खुशी छौ’ उनले भनिन् ।

विद्यार्थी भेटघाट कार्यक्रमकौ सन्चालन सस्थाका इन्टरनेशनल ऐजुकेशन अफिसर रन्जित घिमिरेले गरेका थिए भने सस्थाका अपरेसन म्यानेजर सुमित खनाल ,पूर्ब प्राध्यापक इएन इस्टीभेन्स ,सस्थाकी प्रबन्ध निर्देशक सुनिता श्रेष्ठ र लुम्बिनी एफ सी कोच दिल खड्का लगायतले सस्थाले नेपाली बिद्यार्थीहरूको बारेमा खेलको सकारात्मक भूमिकाको खुलेर चर्चा गर्दै प्रशंसा गरेका थिए । अष्ट्रेलियामा अध्यायनरत नेपाली बिद्याार्थीहरूलाई साथ र समर्थन गर्दै आएको स्टुडेण्ट भाइसले आयोजना गरेको यस्तो कार्यक्रम सांच्चै नै फलदायी हुने बिश्वास गरिएको सस्थाका निर्देशक बद्री बरूवालले बताए ।

‘एक आपसमा परिचय नहुनु भएका नेपाली बिद्ययार्थीहरूलाई नजिक बनाएर भाईचाराको सम्पन्ध बनाउंनु पनि जमघटको उद्देश्य रहेको छ,‘परदेशमा आएका नेपाली बिद्यार्थीबीच भाईचारा बढाएर जानेको र सिकेको सिपबीच साटासाट गर्ने उद्देश्य हो’ बरूवालले भने । संस्थामार्फत म्याग्दी सहित देशका विभिन्न क्षेत्रमा मानवीय सेवा, आर्थिक अभावका कारण उपचार सहित विभिन्न क्षेत्रमा समस्या भएकाहरुको उपचारमा समेत सहयोग गर्ने गरिएको छ ।

(Visited 103 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services