
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मिडिया टास्क फोर्स गठन गरेको छ । बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अस्ट्रेलियाका बाबा राजेश्वरी थापा उप–संयोजक रहेका छन् ।
चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराई बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरञ्जीवी देवकोटा अस्ट्रेलिया, विपिन निरौला बेलायत, ओम शर्मा बेल्जियम, गोविन्द बानिया कोरिया, राजनराज कुँवर कोरिया, बद्री तिमिल्सिना क्यानडा, मेघराज सापकोटा कतार, नरेन्द्र बस्नेत बेलायत, गोकुल ढकाल अमेरिका, वसन्त रानाभाट स्पेन, कैलाश खरेल पोर्चुगल, विष्णुहरि घिमिरे अमेरिका, दीपक धिताल जर्मन र दिनेश गौतम जर्मन सदस्य रहेका छन् ।
त्यसै गरी बेलायतका चिरन शर्मालाई समाचार संयोजकमा राखिएको छ । सल्लाहकारहरूमा भगीरथ वियोगी बेलायत, दधी सापकोटा फ्रान्स, हेमन्त काफ्ले अस्ट्रेलिया र नरेश खपांगी बेलायत रहेको आइसीसिले जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services