एडिलेडमा निकालिए बोलबम यात्रा
प्रकाशित मितिः2 years ago

एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा नेपाली समुदायले सोमबार बोलबम यात्रा निकालेका छन् । भगवान शिवको प्रिय महिना साउनमा पुजाआजासँगै बोलबम यात्रा गरे सुख, शान्ति र शौभाग्य प्राप्त हुने जनविश्वासका ७ किलोमिटर यात्रा गरिएको हो । एडिलेडमा रहेको शिब मन्दिर डोभर गार्डेन देखि ब्राइटन समुन्द्रसम्म पहेलोबस्त्र धारण गरि ७ किलोमिटर यात्रा गरिएको इभेन्टका संयोजक गोकुल ढकालले जानकारी दिए । उनका अनुसार, बिहान १० बजेदेखि २ बजेसम्म गरिएको यात्रामा ६० भन्दा बढी हिन्दु भक्तजनले सहभागिता जनाएका थिए । (भिडियो समाचारका लागि लिंकमा जानुस्) 

‘एडिलेड क्षेत्रमा रहेका हिन्दु भक्तजनहरुले अस्ट्रेलियामा रहेका अन्य समुदायहरुलाई आफ्नो परम्परागत संस्कृति देखाउने सुनौलो अवसरका रुपमा यो यात्रालाई लिएका थियौँ’, संयोजक ढकालले भने । एडिलेडमा रहेका नेपाली समुदायको अगुवाईमा बोलबम यात्रा निकालिएको यो दोश्रो पटक हो । नेप्लिज इन एडिलेडका संस्थापक प्रकाश गैरेले विदेशमा पनि साउने महिनाको सोमबार बोलबम यात्रामा सहभागी हुन पाउँदा खुशी लागेको बताए । भक्तजनहरुले समुन्द्र पुगेर पुजाआराधना ग र्नुका समुन्द्री जल मन्दिर लगेर अर्पण गरेका थिए ।

(Visited 145 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services