‘देशै फर्के जस्तो, घरै रहे जस्तो’
प्रकाशित मितिः4 years ago

सिड्नी । सिड्नी शहर, त्यसै त रँगीन शहर हो । जहाँ जीवनका रंग खोज्ने र भेट्नेहरुको लुकामारी चलिरहन्छ । शनिबार म्यारिकभिलस्थित टाउनहलमा नेपालीमुलका आदीबासी जनजातिहरुको जातीय पहिरन र परेडले रंगीन सिड्नी झनै रंगीन देखिदै थियो । प्रसँग थियो, २८ औँ अन्तराष्ट्रिय आदीबासी जनजाति दिवस । नेपाली आदिबासी जनजाती मञ्च अस्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा यसरी नै दिवस मनाईएको छ । दिवसको उद्घाटन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले देशको विकासमा आदीबासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताए । (भिडियो समाचारका लागि लिंकमा जानुहोला)  

मञ्चका अध्यक्ष अरुणकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना सन्देश पठाउँदै अष्ट्रेलियाको संघीय सरकारका आदिवासी मन्त्री लिन्डा वर्नीले अष्ट्रेलियाको विकासमा नेपाली आदीबासी जनजातिको भूमिकाको खुलेरै प्रशंसा गरेकी थिइन् । अध्यक्ष तामाङले नेपाली आदीबासी जनजातिप्रति अष्ट्रेलियाको प्रादेशिक र सघीय सरकार अत्यन्त सकरात्मक रहेको बताए । कार्यक्रममा थकाली, नेवार, राइ, लिम्बु, शेर्पा, मगर, गुरुङ, छन्त्याल, राजवंशी, थारु र तामाङ लगायतका संघसंस्थाले आफ्नो जातीय र मौलिक परम्परा झल्किने पहिरनमा परेड र नृत्य प्रर्दशन गरेका थिए ।

प्रवासमा पनि जातीय पहिरनमा सजिएर दिवस मनाउन पाउँदा उपस्थित सहभागीहरु निकै उत्साहित र खुशी देखिन्थे । अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीहरु उपस्थित कार्यक्रममा कलाकार मनु नेम्वाङ र फुलकुमार बम्जनले आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । कार्यक्रमलाई अर्वान होम्सले प्रायोजन गरेको थियो ।

(Visited 310 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services