
सिड्नी । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पछिल्लो समय राजनीतिमा स्वतन्त्र उमेद्वार बालेन शाह र हर्क साङपाङहरुको उदय दलहरुप्रति जनताको वितृष्णा भएको भन्दै त्यसलाई समयमै बुझ्न आवश्यक रहेको बताएका छन् । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको १२ आँै अधिवेशनको शनिबार साँझ सिड्नीमा उद्घाटन गर्दै उपसभापति गुरुङले भने, ‘यो आगोको झिल्को जस्तै छ, यसलाई निभाउन प्रयत्न गरेनौँ भने दलहरु माथि ठुलो डढेलो लाग्छ ।’ (भिडियो समाचारका लागि)
उनले अहिले देशको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको भन्दै बर्षौदेखि थाँती रहेको भ्रष्टाचारका काण्डाहरुलाई छानविनका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई काँग्रेस केन्द्रिय कार्यसमितिमै ध्यानाकर्षण गराईएको बताए । ‘धेरै पहिलाले देखि भन्दै आएको छु, अहिले उपसभापति भएपछि पनि सभापति देउवालाई सार्वजनिक रुपमै ठुला भ्रष्टाचारका काण्डहरुलाई अनुसन्धान लागि ध्यानाकर्षण गराएँ, तर कुनै प्रगति भएन । देश दिनानुदिन बिग्रदै जानुमा भ्रष्टाचार, कुशासन र असक्षम नेतृत्व मुख्य कारण रहेको चर्चा गर्दै उनले भने, ‘जुनसुकै पार्टीका भएपनि नेतृत्वमा पुगेकाहरुले जनअपेक्षा अनुसार काम गर्न सकेनन्, देशभित्रैको संभावनाहरु उजागर रोजगारका समस्याका समाधान गर्नुको सट्टा सिहदरबारभित्र छिरेपछि विदेशीलाई हात थापेर देश चलाउन सुरु गर्छौ ।’ देशमा रहेको बहुमुल्य प्राकृतिक सम्पत्तिहरुलाई प्रयोग गर्नुपर्नेमा जोड दिदै उनले, शिक्षा, स्वास्थ्य र वेरोजगार समस्या हल गर्न असल र इच्छाशक्ति भएको नेतृत्व आवश्यक रहेको चर्चा गरे । पछिल्लो समय राजनीतिमा बालेन र हर्क साङपाङहरुको उदय दलहरुप्रति जनताको वितृष्णा भएको भन्दै त्यसलाई समयमै बुझ्न आवश्यक रहेको बताए । (काँग्रेस नेता चन्द्र भण्डारीको सम्बोधन सुन्न तलको लिंकमा जानुस्)
‘यो आगोको झिल्को जस्तै छ, यसलाई निभाउन प्रयत्न गरेनौँ भने दलहरु माथि ठुलो डढेलो लाग्छ’, गुरुङ भने । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे, कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य कल्याण गुरुङ लगायतका नेताहरुले आफ्नो विचार व्यक्त गरेका थिए । अधिवेशनले भीष्म भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिबमा प्रकाश हुमागाई, सचिबमा हरिकृष्ण अधिकारी, कोषाध्यक्षमा विकास सापकोटा, प्रवक्तामा हरिभक्त अधिकारी र जनसम्बन्ध अधिकृतमा प्रकाश खरेल चयन भएका छन् । समितिका सदस्यहरुमा मधुकर गुरुङ, सागर काफ्ले, प्रेम बहादुर महरा, विकास कुमार झा, छोलाकान्त कोइराला, प्रवेश पौडेल, जीवन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन विष्ट, द्धारिका दुवाडी, गणेश खरेल (क्यानवेरा) र प्रकाश अर्याल (मेलर्वन) रहेका छन् । नवनिर्वाचित अध्यक्ष भण्डारीले फोरमले विगतदेखि गर्दै आएको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services