मेलवर्नमा नेपाल फेस्टिभलको तयारी तीब्र
प्रकाशित मितिः4 years ago

सिड्नी । आगामी १० सेप्टेम्बरमा अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलका लागि विभिन्न समिति तथा उपसमिति मार्फत प्रचारप्रसार, अतिथि आमन्त्रण लगायत आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको हो । गैर आवासीय नेपाली सघं (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा हुने फेस्टिभलका लागि प्रमुख अतिथिका रुपमा भिक्टोरिया राज्यका प्रिमियर (मुख्यमन्त्री) डेनियल एन्ड्रयुलाई निम्ता गरिएको छ । डेनियलको सचिवालयले पत्र प्राप्त भएको जानकारी गराएपनि उनी आउने/नआउने टुगो लगाएको छैन् ।

त्यसका साथै नेपाल सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्का, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ लगायत अस्ट्रेलियास्थित नेपाली दुतावासका कुटनैतिक व्यक्तित्वहरुलाई उपस्थितिका लागि आमन्त्रण गरिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक हरि खड्काले जानकारी दिए । ‘हामी फेस्टिभलको नजिक–नजिक छौँ । अहिलेसम्मको तयारी हेर्दा हामी ७५ प्रतिशत भन्दा माथि सम्पन्न गरिसकेका छौँ’, उनले भने । फेस्टिभलका लागि ४० वटा स्टलमध्ये सामाजिक संघसंस्था र आयोजकका लागि आवश्यक २० र व्यावसायिक प्रायोजनका लागि २० गरि सबै बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक बद्री पंगेनी लगायत अन्य कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुती दिने कार्यक्रमका तय भएको छ । मेलर्वनको फेडरेशन स्क्वायरमा हुने फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको भएपनि एनआरएनएको १९–२१ को कार्यकालमा कोभिड महामारीका कारण हुन सकेका थिए । फेस्टिभलमा नेपाली कला, सस्कृति र भेषभुषा झल्किने नेपाल परेडका साथै नेपाली खानाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहने छन् । ब्लुबेरी रियलस्टेट मुख्य प्रायोजक रहेको फेस्टिभलमा नेपालीका साथ मेलर्वनमा रहेका अन्य मुलुकका नागरिक पाँच हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

(Visited 77 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services