अष्ट्रेलियाको विग व्यास लिगमा सन्दीपको उच्च संभावना
प्रकाशित मितिः4 years ago

सिड्नी । युवा स्टार स्पिनर एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको यस सिजनको विग व्यास लिग खेल्ने संभावना उच्च देखिएको छ । सिजन २०२२–२३ का लागि अन्तिम ’ड्राफ्ट’मा समावेश भएसँगै लगातार पाँचौँ सिजन खेल्ने संभावना बढेको हो । विग व्यास लिग विश्वको इन्डियन प्रिमियर लिग (आइपिएल) पछिको प्रतिष्ठित लिग हो । बिबिएलका टिमले आगामी २८ अगस्टमा ‘ड्राफ्ट’मार्फत विदेशी खेलाडी आफ्नो टिममा समावेश गर्न सक्छन् । (भिडियो न्यूजका लागि तलको लिंकमा जानुहोला )

क्रिकेट अस्ट्रेलियाका अनुसार, सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले ’रिटेन’ गर्न योग्य खेलाडी हुन्। हरिकेन्सले पनि सन्दीपसँग सम्बिन्धित विभिन्न पोष्टहरु सामाजिक सञ्जालमा निरन्तर सार्वजनिक गरिरहेका छन् । सन्दीपले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलिसकेका छन्। हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलवर्न स्टार्सबाट खेलेका थिए। सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन्। जसमा उनले ४८ विकेट विकेट लिएका छन्। अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ’ड्राफ्ट’मा सन्दीपसहित १६९ विदेशी खेलाडी समावेश छन् ।

(Visited 56 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services