अष्ट्रेलियामा नेपाली कलाकारको लर्को
प्रकाशित मितिः2 years ago

सिड्नी । कोभिड महामारीपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी मात्र होइन्, कलाकारहरुको पनि लर्को लागेको छ । उच्च शिक्षा अध्ययनको गन्तव्य बनिरहेको अष्ट्रेलियामा विभिन्न अवसर पारेर गायक/गायिका देखि नायक/नायिकाहरुको उपस्थिति बाक्लिदै गएको हो । अष्टे«लियाको विभिन्न राज्यमा क्रियाशिल नेपाली समुदायका सामुदायिक संघसंस्था देखि व्यवसायिक रुपमा कार्य गर्दै आएको इभेन्ट आयोजकहरुको निमन्त्रणामा कलाकाहरुको दौडाहा बढेपछि हप्तैपिच्छे मनोरञ्जनात्मक गतिविधी बढ्न थालेका छन् ।

अहिले विभिन्न सामाजिक संघसंस्थाको आयोजनामा हुने साँगेतिक कार्यक्रमका लागि लोकदोहोरी गायक पशुपति शर्मा, गायिक रचना रिमाल, हास्यकलाकार सुवोध गौतम ‘युदुमे’ र दिपक आचार्य ‘काकु’ अष्ट्रेलिया भ्रमणमा छन् । यो समुहले अष्ट्रेलियाको विभिन्न सात शहरमा आफ्नो प्रस्तुती दिनेछन् । सुगम संगीतका चर्चित गायिका अस्मिता अधिकारी भर्खर आफ्नो अष्ट्रलिया टुर सकेर नेपाल फर्किसकेकी छन् । नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरका लागि नायिका पुजा शर्मा पनि सिड्नी र मेलर्वन पुगेकी थिइन् । नेपाली चलचत्रिका प्रिमियरका लागि निर्देशक, लगानीकर्ता र कलाकारहरुको भीड लाग्ने गरेको छ । हरेक हप्ताको शनिबार र आइतबार चलचित्र प्रिमियर देखि साँगेतिक कार्यक्रमका लागि आयोजकहरु बीच नै चर्को प्रतिस्पर्धा भइरहेको छ ।

को–को आउँदैछन् ?
अहिलेका सवैभन्दा चर्चित गायक हुन्, प्रकाश सपुत । ‘गलबन्दी’, पीर’ जस्ता एल्वम् मार्फत दर्शक माझ लोकप्रिय सपुत अगस्ट दोश्रो सातादेखि अष्ट्रेलिया भ्रमणमा आउदैन् । ‘तीज मेला विथ प्रकाश सपुत’ कार्यक्रम अन्र्तगत उनले अगस्ट १३ मा क्यानवेरा, १९ मा सिड्नी, २१ मा तास्मानिया, २५ मा व्रिसवेन र २८ मा पर्थमा साँगेतिक प्रस्तुती गर्दैछन् । रुपन्देही सामाजिक सञ्जालले अगस्ट २० सिड्नीमा गर्ने तिज धमाका कार्यक्रममा लोकगायिका शान्तीश्री परियार र खुमन अधिकारीले आफ्नो प्रस्तुती दिदैछन् । यसैसाता क्यानवेरामा ‘१९७४ ए डि’ व्याण्डले आफ्नो प्रत्यक्ष कार्यक्रम गर्दैछन् भने र्‍यापर लाहुरे र डोङ लगायतका कलाकारहरु पनि अष्ट्रेलिाय आउँदैछन् ।

 

 

(Visited 93 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services