अष्ट्रेलियाबाट दिदिबहिनीले ल्याइन् साँगेतिक तीज कोसेली
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियालाई कर्मथलो बनाएकी लोकगायिका निशा केसीसहितको समूहले हिन्दुनारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती घर मेरो’ बोलको गीत बजारमा ल्याएकी छन् । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा निशासँगै विन्दु पौडेल, आरभिति भुसाल र विजया केसीले आवाज भरेका छन् । बसन्त थापाको शष्द, लय र संगीत रहेको गीतमा हरितालिका तीजसँग सम्बिन्धि महिलाका मनोभावनाहरु दर्शाउन खोजिएको छ ।

बसन्त थापाकै आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गीतलाई दर्शकले निकै रुचाएका छन् भने म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका छन् । यसैबीच, निशा र पशुपति शर्माको स्वरमा रहेको ‘मुटुमा खिल बस्यो’ बोलको गीत पनि हालै सार्वजनिक भएको छ ।

(Visited 71 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services