नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा भट्टराई
प्रकाशित मितिः2 years ago

तास्मानिया । नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा तोयाराज भट्टराई निर्वाचित भएका छन् । शनिबार तास्मानियाको मल्टिकल्चरल हव मुनामा सम्पन्न बार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सोसाइटीको उपाध्यक्षमा खडक खनाल, सचिवमा विस्नु भट्टराई र कोषाध्यक्षमा सरोज पाण्डे चयन भएका छन् ।

सदस्यहरुमा मिलन पौडेल, इश्वरी पौडेल र आषिश तिवारी निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष भट्टराईले विशेष गरी तास्मनियमा रहेका नेपालीहरुको एकता र सहयोगका साथै विद्यार्थीले भोगेको समस्याको पहिचान गरी समाधान प्रयास गरिने बताए । उनका अनुसार, कार्यसमितिका बाँकी रहेका दुईजना सदस्य भने कार्यसमितिको पहिलो बैठकले चयन गर्नेछ ।

(Visited 110 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services