न्याभको अध्यक्षमा उप्रेती
प्रकाशित मितिः2 years ago

मेलर्वन । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको नेपाली समुदायको साझा संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अध्यक्षमा प्रेमराज उप्रेती चुनिएका छन् । मेलर्वनमा आयोजित एक कार्यक्रमका बीच उप्रेतीको नेतृत्वमा आगामी दुईबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, ललिसा थापा र कोषाध्यक्ष एकिन्द्र तिमिल्सिना चुनिएका छन् । सदस्यहरुमा उज्जवल अधिकारी र निराजन रेग्मी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नबनिर्वाचित कार्यसमितिले भिक्टोरियामा रहेका नेपालीहरुको सहयोग र समन्वयका लागि प्रभावकारी रुपमा काम गर्दै जाने अध्यक्ष उप्रेतीले प्रतिबद्धता जनाएका छन् ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services