वेष्टमिड टाइगर कपको उपाधी आयोजकलाई
प्रकाशित मितिः2 years ago

सिड्नी । तेस्रो वेष्टमिड टाइगर कपको उपाधी आयोजकले जितेको छ । शनिबार सिड्नीमा सम्पन्न ‘९ ए साइड’ प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा मकाथर नेप्लिज फुटलब क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक वेष्टमिड टाइगरले उपाधी माथि कब्जा जमाएको हो । फाइनलमा टाइगरका योगेश अधिकारी र गौरब थापाले गरेको एक–एक गोल नै निर्णायक बनेको थियो । भिडियो न्यूजका लागि:

सिड्नीमा रहेका ८ वटा नेपाली फुटबल क्लब सहभागि प्रतियोगितामा उपाधीसँगै आयोजकले एक हजार अष्ट्रेलियन डलर, खसीका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता बनेको मकाथर नेप्लिज क्लबले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा पाँच सय अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताभर ६ गोल गरेका वेष्टमिड टाइगरका राम चौधरीले सर्वाधिक गोलकर्ताको उपाधी हात पार्दा टाइगरकै योगेश अधिकारी प्लेअर अफ दि र्टुनामेन्ट चुनिए । उत्कृष्ट गोलरक्षकको उपाधी भने मकाथर नेप्लिज फुटलब क्लबका जया पौडेलले जितेका थिए । सबैजनालाई ट्रफीका साथमा आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष उज्वल पाण्डेले प्रतियोगिता सफल बनाउन सहभागी क्लब, दर्शक तथा प्रायोजकहरुलाई धन्यबाद दिए । ‘प्रतियोगिता जुलाई ९ मा आयोजना गरेका थियौ, तर प्रतिकुल मौसमका कारण शनिबार मात्रै सम्पन्न गर्न सफल भयौँ’, उनले भने । यसअघि पहिलो संस्करणमा एनआरएनए र दोश्रो संस्करणको उपाधी नेप्लिज रिक्रेशनल क्लबले जितेको थियो ।

 

(Visited 59 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services