कोरोनाका ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु
प्रकाशित मितिः2 years ago
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो सोही अवधिमा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर ४ हजार ३६९ जना सक्रिय संक्रमितको रहेका छन् ।
(Visited 73 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services