कोरोनाका ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु
प्रकाशित मितिः4 years ago
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो सोही अवधिमा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर ४ हजार ३६९ जना सक्रिय संक्रमितको रहेका छन् ।
(Visited 100 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services