बिनाप्रमाण कसैप्रति औला नउठाऔ: एलाइन्स
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियन शैक्षिक कन्सल्टेन्स् एलाईन्सले शैक्षिक व्यवसायलाई मर्यादित बनाउन व्यवसायी र सञ्चारमाध्यमको सौहार्दपूर्ण सम्बन्धमा जोड दिएको छ । शैक्षिक कन्सल्टेन्सीहरुले विभिन्न कार्यक्रमका नाममा नेपाल तथा भारतबाट मानब तस्कर गरिरहेको समाचारहरु सार्वजनिक भएपछि एलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य कन्सल्टेन्सी संस्थाहरुको सुक्ष्म अध्ययन गरिरहेको पनि जनाएको छ ।

हालैमात्र अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ कार्यक्रम मार्फत बाबा एजुकेशन कन्सल्टेन्सीले अवैध तरीकाले मान्छे ओसार–प्रसार गरेको समाचार प्रकाशन/प्रशारण भएको थियो । उक्त कार्यक्रममा भारतीय सिनेस्टार गोविन्दा लगायतको उपस्थिति थियो । यद्यपी, बाबा एजुकेशन उक्त आरोपको खण्डन गरेको छ । ‘यस संस्थाका सदस्य भएको नाताले बाबा लगायत अन्य एजुकेशनहरुको गतिविधी नजिकबाट नियालीरहेका हुन्छौँ, बिना प्रमाण अरुको पेशा र क्षेत्रमा औला उठाउन पाइदैन भन्ने हाम्रो निस्कर्ष हो’, एलाइन्सका अध्यक्ष भुपाल सिटौलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

(Visited 50 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services