अस्ट्रेलियाबाट फर्केर गाउँमै रहरलाग्दो कृषि खेती
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

सिड्नी । १४ बर्ष अस्ट्रेलिया बसेर स्वदेश फर्केका मोरङ उर्लाबारीका सुरज लुइटेलले आफ्नै गाउँमा रहरलाग्दो कृषि खेती गरेका छन् । तीनबर्षदेखि उनले १३विघा क्षेत्रफलमा उखु खेतीसँगै तोरीखेती र १ विघामा ४ वटा पोखरी मार्फत माछापालन गरिरहेका छन् ।

उनले भनेकाा छन् –‘अस्ट्रेलियामा जति बचत मैले कृषि खेतीबाटै गरिरहेको छु ।’ उनले आगामी दिनमा वातावरण राम्रो भएको खण्डमा उखु खेतीलाइृ ५० विघासम्म विस्तार गर्ने योजना बनाएका छन् । एयरक्राप्ट मर्मत इञ्जिनियर अध्ययनका लागि सन् २००७मा अस्ट्रेलियाका आएका सुरजले मेलर्बनमा बसेर अध्ययन पूरा गरेका थिए ।

‘त्यसपछि म, कामसँगै ग्रामिण क्षेत्रमा हुने कृषि फार्महरुमा कामदार आपूर्ति गर्ने अर्को काम पनि गर्न थाले’, उनले रेकर्ड खबरलाई भनेका छन्, ‘सानै उमेरदेखि विदेश भएपनि, देशमा केहि गरौ भन्ने भावनाले सधै लखेटीरह्यो ।’ सुरजले स्थानीय स्तरमा कृषि खेतीसँगै रोजगारी पनि सिर्जना गरेका छन् । पैशा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई भत्काउन आफूले कृषि पेशा सुरु गरेको उनको भनाई छ ।

(Visited 53 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services