सिड्नीमा पानीमा डुबेर नेपालीसहित पाँचको निधन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 days ago

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्समा पछिल्लो एक सातामा पानी डुबेर एक नेपालीसहित पाँच जनाको ज्यान गएको छ । बिदाको समयमा साथीभाई, आफन्तजन र परिवारसँगै समुन्द्रमा पौडी खेल्न र घुमफिरका लागि जाने क्रममा यस्ता घटना भएको रोयल लाइफ सेभिङले जनाएको छ ।

नेपाली नयाँ बर्ष अर्थात अप्रिल १४ तारिखमा न्यू क्यासलको जेनिथ बीचमा डुबेर नेपाली विद्यार्थी राजकुमार बोहराको ज्यान गएको थियो । बोहराको पार्थिक शरिरलाई नेपाल फिर्ता पठाउने प्रक्रिया सुरु भएको छ । त्यसपछि इस्टरको समयमा वाटामाला बीच लगायत स्थानमा डुबेर अन्य चार जनाको ज्यान गएको छ ।

उद्दारकर्ताहरुले इस्टरको समयमा सार्वजनिक बिदा हुने र यसपटक मौसमपनि केहि गर्मी रहेका कारण सर्वसाधारणहरु सामुन्द्रमा जाँदा मानवीय क्षति भएको भन्दै सामुन्द्रमा जाँदा विशेष सर्तकता अपनाउन आग्रह गरेका छन् । रोयल लाइफ सेभिङ अस्ट्रेलियाका अनुसार, पछिल्लो १ वर्षमा अष्ट्रेलियाको पानीमा डुबेर ३ सय २३ जनाले ज्यान गुमाएका छन् । गत वर्ष ज्यान गुमाउनेमा ८३ जना विदेशमा रहेको बताईएको छ ।

(Visited 14 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services