सर्वाधिक धनराशीको गल्कोट कप भलिबलको उपाधि ढोरपाटनलाई
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः5 days ago

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्सको सिड्नीमा सम्पन्न सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताको उपाधि, ढोरपाटन क्लब अस्ट्रेलियाले जितेको छ । आइतबार लिडकमस्थित अर्बन बास्केटबल सेन्टरमा भएको फाइनलमा म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जितेको हो ।पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न सफल भयो ।

त्यसपछिको सेटमा भने ढोरपाटनले ठुलो दवाव झेल्नुपरेन । दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको ढोरपाटनले तेस्रो सेट २५–१६ को सेटमा हात पार्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै ढोरपाटनले ३५ सय ३५ अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता बनेको म्याग्दी जलजला परिवारले २ हजार २० डलर नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ढोरपाटनका विजय आचार्य सर्वोत्कृष्ट खेलाडी चुनिए ।

उनले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गरे । जलजलाका हेमन्त बहादुर मल्ल उत्कृष्ट स्पाइकर, ढोरपाटनका विश्व घर्तीमगर उत्कृष्ट सेटर, जलजलाका ज्ञानेन्द्र पटेल ब्लकर, ढोरपाटनका सरोज घर्तीमगर लिवेरो, ढोरपाटनकै राजेन्द्र विष्ट सर्भर र ढोरपाटनकै डोरन राना उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गरे । नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार र सम्राट भण्डारीलगायतले खेलेका थिए ।

(Visited 20 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services