
सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुला शहर सिड्नीमा आइतबार (भोली) हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गल्कोट समाज अस्ट्रेलियाले जनाएको छ । प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् ।
गल्कोट समाजका अध्यक्ष दीपक अधिकारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै उपस्थितिका लागि सम्पूर्णमा आग्रह गरेका छन् । । उनका अनुसार, प्रतियोगितामा विजेता टोलीले सिड्नीमा अहिलेसम्मकै धेरै पुरस्कार ३५ सय ३५ अस्ट्रेलियन डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ हजार २० डलर पाउनेछ । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गर्नेछ ।

व्यक्तिगत विधाका उत्कृष्टहरु स्पाइकर, सेटर, ब्लकर, लिवेरो, सर्भर र प्रशिक्षकले समान ५० अष्ट्रेलियन डलरसँगै ट्रफी र प्रमाणपत्र गर्नेछ ।प्रतियोगितामा राष्ट्रिय टोलीका पूर्व कप्तान मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, विशाल बहादुर बिक, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, सम्राट भण्डारीलगायतको उत्कृष्ट खेल कौशल हेर्न पाइनेछ ।पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको निकै लोकप्रियता बढ्दै गइरहेको छ ।
तियोगितालाई बिएनबी होम लोनले मुख्य प्रायोजन गरेको छ भने अन्य दर्जन बढी व्यवसायिक संस्थानहरुले सहयोग गरेका छन् । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाजले भलिबल प्रतियोगिता आयोजनासँगै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services